इलाममा नेम्वाङको अग्रता फराकिलो बन्दै, पछ्याउँदै कांग्रेस उम्मेदवार खड्का

इलाम–२ मा नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङले अग्रता कायमै राखेका छन् । अहिलेसम्म भएको मतगणनामा उनले ३ हजार ७८३ मत पाएर अगाडि छन् ।

त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले नेम्वाङलाई पछ्याइरहेका छन् । खड्काले २ हजार ७८२ मत पाएका छन् । उनी नेम्वाङभन्दा एक हजार एक मतले पछि छन् ।

त्यसैगरी स्वतन्त्र उम्मेदवार डेकेन्द्र थेगिमले ७१६, रास्वपाका मिलन लिम्बूले ४९५ मत पाएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार