एसिया कप महिला क्रिकेटमा नेपाल, भारत र पाकिस्तान एकै समूहमा

नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले एसिया कप खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार सामाजिक सञ्जालमार्फत नेपाली महिला टिमले एसिया कप खेल्ने जनाएको हो । 

यसअघि मलेसियामा भएको एसीसी वुमन्स प्रिमियर कपको सेमिफाइनलमा घरेलु टिमसँग पराजित भएपछि नेपालले एसिया कपमा छनोट हुने अवसर गुमाएको थियो । उक्त प्रतियोगिताको फाइनलमा प्रवेश गरेका मलेसिया र युनाइटेड अरब इमिरेट्स (यूएई) ले सोझै एसिया कपमा स्थान बनाएका थिए । तर, एसीसीले एसिया कपमा प्रतिस्पर्धा गर्ने टिमको संख्या आठ पु-याएपछि प्रिमियर कपको सेमिफाइनल पुगेका चारै टिम छनोट भएका हुन् । 

श्रीलंकाको दमबुल्लाहमा हुने प्रतियोगितामा ८ समूह सहभागी छन् । जसमा नेपाल, भारत, पाकिस्तान र युएई समूह ए मा छन् भने बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्याण्ड समूह बीमा छन् । यसअघि सन् २०२२ मा भएको एसिया कप महिला क्रिकेटमा ७ देश सहभागी थिए ।

नेपालले पहिलो खेल  ४ साउनमा पाकिस्तानसँग खेल्नेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार