टस जितेर नेपालले रोज्यो फिल्डिङ, वेष्ट इण्डिज ब्याटिङ गर्दै

पाहुना टोली वेष्ट इण्डिजविरुद्धको पाँच खेलको टी२० सिरिज अन्तर्गत पहिलो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ। 
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेको हो।

खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा १२ बजेदेखि सुरु हुनेछ । सिरिजको पहिलो खेलमा जित निकाल्दै दुवै टोली सुखद सुरुवात गर्न चाहन्छन् ।

नेपाल र वेष्ट इण्डिज दुवै टोलीले यो सिरिजलाई टी–२० विश्वकप खेल्ने तयारीमा रुपमा लिएका छन्। यो सिरिजपछि नेपालले विश्वकप खेल्ने अन्तिम टोलीको घोषणा गर्नेछ ।

सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले प्रिमियर कप खेल्ने टोली बाहिर रहेका आकाश चन्द र आरिफ शेखलाई समेट्दै बिहिबार १६ सदस्यीय टोलीको घोषणा गरेको थियो ।

शुक्रबार थप चार खेलाडी थपिएका छन्। टोलीमा नेपाल ए टोलीका विनोद भण्डारी र सागर ढकालसँगै कमल सिंह ऐरि र लोकेश बम थपिएका छन् ।

सिरिजको दोस्रो खेल आइतबार र तेस्रो खेल बुधबार हुनेछ । चौथो खेल बिहीबार र अन्तिम खेल आगामी शनिबार हुनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार