प्रभु बैंकका १३० शाखाद्वारा वित्तीय साक्षरता सञ्चालन 

प्रभु बैंकले ग्लोबल मनी वीक अवसर पारेर सात वटै प्रदेशमा रहेका १३० शाखाले विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेका छन् । बैंकका अनुसार चैत ५ देखि सुरु गरिएको वित्तीय साक्षरता कार्यक्रममा चैत ११ मा समापन गरिएको हो ।

बैंकले साताव्यापी अभियानलाई सफल तुल्याउन वित्तीय साक्षरता, साइकल र्‍याली, बालबालिका र युवालक्षित चेतनामूलक कार्यक्रम तथा प्रभातफेरी आयोजना गरिएको जनाएको छ ।

विभिन्न समुदाय, महिला, बालबालिका, स्कुल तथा कलेजमा आधुनिक बैंकिङ, बचत, ऋण, लगानी, विद्युतीय बैंकिङ सेवा र यसमा अपनाउनुपर्ने सावधानी समावेश गरी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएका थिए ।

बैंकले आफ्नो आधिकारिक सामाजिक सञ्जालबाट समेत वित्तीय सचेतना अभिबृद्धि गर्दै आएको छ । अज्ञात स्रोतबाट प्राप्त लिंक कतै नखोल्न, संंवेदनशील विवरण सेयर नगर्न, डिजिटल ठगीबाट सुरक्षित रहनसमेत विभिन्न सूचना सम्प्रेषण गरिँदै आएको बैंकले जनाएको छ ।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले लो घेकर दामोदर कुण्ड, हरिचोक, लोमान्थ्याङ, काँकडभिट्टा, रौतामाई, मंगला, चोरमारा, धौलागिरि, माछापुच्छ्रे, मझगवा, सन्दकपुर, वीरेन्द्रबजार, काठेखोला, मुक्तिनाथ, बरेङ, रघुगंगा, मुर्गिया, पाल्पा, वज्रबाराही, कुश्मा, परोहा, भण्डारा शाखामा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको थियो ।

यस्तै, गोरखाको बारपाक, बारादी, तिनपैनी, बीरेठाँटी, मनाङ, भीमान, बेनी, टीकापुर, बुर्तिबाङ, जुम्ला खलंगा, निजगढ, नयाँरोड, गौशाला, कटारी, गौर, भरतपुर, चतरा, जोमसोम, वालिङ, चेपेटार, भीमफेदी, लामीडाँडा, बडीगाड, हलेसीलगायतका शाखाबाट पनि वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ ।

हाल बैंकले ३०२ शाखा, ३१० एटिएम र ७ एक्सटेन्सन काउन्टरबाट बैंकिङ सेवा दिँदै आएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार