भारतीय मोडल तथा अभिनेत्री पुनम पाण्डेको निधन

एजेन्सी । भारतीय मोडल तथा अभिनेत्री पुनम पाण्डेको क्यान्सरका कारण निधन भएको छ । यो जानकारी पूनम पाण्डेको परिवारले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा दिएको छ ।

पुनम पाण्डेकी प्रबन्धक निकिता शर्माले जारी गरेको विज्ञप्तिमा पाण्डे पाठेघरको मुखको क्यान्सरबाट पीडित थिइन् । शुक्रबार बिहान उनको निधन भएको हो । 

३२ वर्षीया पुनम पाण्डे सामाजिक सञ्जाल र मोडलिङको दुनियाँमा चर्चित नाम थिइन् ।  उनले सन् २०१३ मा फिल्म ‘नशा’ बाट बलिउडमा डेब्यू गरेकी हुन् ।

उनी पछिल्लो पटक फिल्म ‘द जर्नी अफ कर्मा’ मा देखिएकी थिइन् । टिभीको कुरा गर्दा उनले ‘खतरों के खिलाडी १३’ र कंगना रनौतको रियालिटी शो ‘लकअप’ मा भाग लिएकी थिइन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार