बलात्कार मुद्दामा दोषी ठहरिएका सन्दीपको मुद्दा हेर्न नमिल्नेमा

उच्च अदालत पाटनले बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट दोषी ठहर भएका सन्दीप लामिछानेको मुद्दा हेर्न नमिल्नेमा परेपछि आइतबारको सुनुवाइ पनि स्थगित भएको छ ।

लामिछानेको मुद्दा आइतबार न्यायाधीशद्वय नृपध्वज निरौला र दुर्गाप्रसाद ढुंगेलको इजलासमा परेको थियो ।

न्यायाधीश निरौलाले विपक्षी झिकाउने आदेश गरेकाले हेर्ने नमिल्ने भएको सूचना अधिकारी तिर्थराज निरौलाले बताए । यसअघि पहिलो सुनवाइमा मुख्य न्यायाधीश निरौलाले नै झझी ९झगडिया झिकाउने० आदेश दिएका थिए । सामान्यतया झझी आदेश दिने न्यायाधीशले स्वार्थ बाझिने भन्दै मुद्दाको सुनुवाइ नगर्ने अभ्यास छ ।

लामिछानेविरूद्ध अधिकतम सजाय माग गरी उच्च सरकारी वकिलको कार्यालय पुनरावेदनमा गएको थियो । त्यस्तै लामिछानेले पनि आफूले सफाइ पाउनुपर्ने जिकिर गर्दै पुनरावेदन दिएका थिए ।

दुबै पुनरावेदनलाई उच्च अदालतले एकैसाथ राखेर सुनुवाइ गर्ने भएको हो ।

गत पुस १३ गते जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिर ढकालले बलात्कार मुद्दामा लामिछानेलाई दोषी ठहर गरेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार