हाइटीका राष्ट्रपति जाभोनेलको घरमै गोली हानी हत्या

क्यारेबियन मुलुक हाइटीका राष्ट्रपति जाभोनेल मोइसेको घरमै गोली हानी हत्या भएको छ । हाइटीको सरकारले दिएको जानकारी अनुसार राष्ट्रपतिको मोइसेको बुधबार राति १ बजे आफ्नै निवासमा हत्या भएको हो ।

प्रधानमन्त्री क्लाउडे जोसेपले एक विज्ञप्तिमार्फत सो कुराको जानकारी दिएका हुन् । उनका अनुसार हतियारधारी एक समुहले राष्ट्रपतिको हत्या गरेको हो ।

अहिलेसम्म हत्या गर्नेहरु को हुन् भन्ने खुलेको छैन तर उनीहरु स्पेनिस भाषा बोल्ने मानिसहरु रहेको विज्ञप्तिमा जनाइएको छ । घटनामा उनकी श्रीमती पनि घाइते भएकी छन् । ५३ वर्षीय मोइसे सन् २०१७ मा हैटीको राष्ट्रपति बनेका थिए ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार