इजरायलमा प्यालेस्टाइनी विद्रोही समूह हमासको आक्रमण, केही नेपाली पनि घाइते

इजरायलमा शनिबार बिहान प्यालेस्टाइनी विद्रोही समूह हमासले गरेको आक्रमणमा परेर केही नेपालीहरु पनि घाइते भएका छन् । यद्यपि, घाइतेहरुको यकिन विवरण भने आइसकेको छैन ।

गाजापट्टीमा राज्य चलाइरहेको हमासले इजरायलतर्फ आक्रमण गर्ने क्रममा अहिलेसम्म ४० को मृत्यु भएको र हजार बढी घाइते भएको सूचना सार्वजनिक भएको छ । सोही आक्रमणमा परि केही नेपाली कृषि विद्यार्थी घाइते भएको जनाइएको छ ।

दक्षिणी इजरायलको अलुमिन किबुजमा कृषि फार्ममा कार्यरत नेपाली विद्यार्थी हमासको आक्रमणमा घाइते भएका हुन् । उनीहरू ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषि फार्ममा काम गर्न इजरायल पुगेका थिए ।

यसैबीच दूतावासले अपिलसमेत जारी गरेको छ । ‘इजरायलको गाजासँगको सिमाना लगायत विभिन्न क्षेत्रमा हाल द्वन्द्व चलिरहेको सबैलाई जानकारी नै छ। यस्तो अशान्त वातावरणमा आफ्नो सुरक्षाको ख्याल राख्नुहुन र स्थानीय सुरक्षा निकायको निर्देशन अक्षरशः पालना गर्नुहुन सबै नेपाली समुदायमा अनुरोध छ । साथै, अप्ठ्यारोमा पर्नुभएका नेपाली नागरिकहरूको सहयोग तथा उद्धारका लागि दूतावासले इजरायलका सम्बन्धित निकाय तथा अधिकारीहरूसँग निरन्तर समन्वय गरिरहेको ब्यहोरा अनुरोध छ। पुनश्चस् अप्ठ्यारो परिस्थिति छ, हामी सबै त्रसित छौँ । तर पनि यसको नकारात्मक सन्देश जाने गरी सोसल मिडियाहरूमा सेयर गरेर अरूलाई त्रसित र प्यानिक नगराउनुहोला,’ अपिलमा भनिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार