दूतावासले भन्यो – इजरायलमा नेपाली सुरक्षित छन्

काठमाडौं । इजरायलका विभिन्न क्षेत्रमा भएको ड्रोन आक्रमणबाट नेपाली नागरिक सुरक्षित रहेको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ । नेपाली नागरिकलाई कुनै असर नपरेको र सबै नेपाली सकुशल रहेको दूतावासले स्पष्ट पारेको छ ।

‘इजरायलका विभिन्न क्षेत्रमा इरानले मिसाइल तथा ड्रोन आक्रमण गरेको छ । सो आक्रमणबाट यहाँ बसोबास गर्ने नेपाली नागरिकहरुलाई कुनै असर नपरेको र सबै नेपालीहरु सकुशल अवस्थामा रहुनुभएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिन्छ,’ दूतावासको विज्ञप्तिमा उल्लेख छ ।

आइतबार बिहानैदेखि इरानले इजरायलको राजधानी तेल अविवलगायत क्षेत्रमा आक्रमण गरिरहेको छ । इरानले इजरायलमा ३०० भन्दा बढी ड्रोन र मिसाइल आक्रमण गरेको थियो । इजरायलमा हाल चार हजार ५०० नेपाली केयरगिभरका रूपमा कार्यरत छन् । केही विद्यार्थी पनि इजरायलमा अध्ययन गरिरहेका छन् ।

गएको असोजमा इजरायलमाथि लडाकु समूह हमासले आक्रमण गर्दा १० नेपाली विद्यार्थी मारिएका थिए । त्यतिबेला सरकारले इजरायलमा रहेकामध्ये साढे २०० भन्दा बढी नेपालीलाई उद्धार गरी ल्याएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार