यूएईमा श्रीमानले धकेल्दा भवनबाट खसेर राधाको मृत्यु

संयुक्त अरब इमिरेट्स (यूएई) मा आफ्नै श्रीमानले धकेल्दा भवनबाट खसेर एक नेपाली महिलाको मृत्यु भएको छ ।

कैलाली घर भएका नेत्रप्रसाद न्यौपानेले आपसी विवादका क्रममा यूएईको अजमानस्थित चाइना मलको भवनबाट धकेल्दा खसेर उनकी श्रीमती अर्घाखाँचीकी राधा न्यौपानेको मृत्यु भएको हो ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) यूएईका अनुसार घटना गत आइतबारको हो ।

त्यस दिन दुवै जनाले मदिरा पिएको र विवादका क्रममा नेत्रले धकेल्दा राधा भवनबाट खसेको प्रत्यक्षदर्शीले बताएका छन् । भवनबाट खसेकी राधाको शव क्षतविक्षत अवस्थामा फेला परेको थियो।

घटनापछि राधाका पति नेत्र फरार छन् । स्थानीय प्रहरीले उनको खोजी गरिरहेको छ।

नेत्रले राधासँग दोस्रो बिहे गरेको र पहिलो बिहे उनले गुपचुप राखेको थाहा पाएपछि मदिरा पिएको बेला उनीहरुबीच विवाद भएको बताइएको छ । राधा यूएईमा ब्युटिपार्लरको काम गर्थिन् भने नेत्र एजेन्टको काम गर्थे । दुवै जनासँग यूएईको रेसिडेन्ट कार्ड थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार