रास्वपा उम्मेदवार मिलन लिम्बूले गरे मतदान

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिलन लिम्बूले इलामको माङसेबुङ २ दहगाउँस्थित जनता कल्याण माविमा रहेको मतदान केन्द्रमा पुगेर मतदान गरेका छन्।

माङसेबुङ २ स्थयी घर भएका लिम्बूले जनता कल्याण माविमा रहेको मतदानस्थलको (ख) केन्द्रबाट पहिलो मतदान गरेका हुन्।

सोही मतदानस्थलको (क) केन्द्रमा ईलामका जिल्ला समन्वय समिति प्रमुख जय प्रकाश राईले समेत मतदान गरेका छन्।

यो केन्द्रमा जम्मा १२ सय ७ जना मतदाता रहेका छन्। जसमध्ये ‘क’ केन्द्रमा ५ सय ५८ र ‘ख’ केन्द्रमा ६ सय १८ जना मतदाता रहेका छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार