काठमाडौंबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना, १५ जना घाइते

काठमाडौंबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।

कर्णाली प्रदेश-०२-००१ ख ०३६२ नम्बरको यात्रुबाहक बस पूर्वपश्चिम राजमार्गको लमही -९ अमिलियामा मंगलबार बिहान करिब साढे ६ बजेतिर दुर्घटना भएको हो ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डीएसपी जनकबहादुर मल्लले जानकारी दिए ।

अन्य पाँच जनाको अवस्था मध्यम रहेको छ भने केही सामान्य घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि नेपालगञ्ज पठाइएको छ ।

बसमा करिब ३०र३५ जना सवार रहेको सवार थिए । बाँकी यात्रु सकुशल रहेको प्रवक्ता मल्लले बताए । बस कल्भर्टमा ठोक्किएर १५ मिटर तल खसेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार