ब्राजिलको बाढी प्रभावित क्षेत्रमा रोग फैलियो

 ब्राजिलमा बाढीपछि पानीबाट उत्पन्न हुने रोग फैलिएको छ । ब्राजिलको राज्य रियो ग्रान्दे दो सुलमा पानीबाट उत्पन्न लेप्टोपिरोस्ट रोग ५४ जनामा देखिएको जनाइएको छ । 

सो क्षेत्रमा गएको अप्रिलदेखि मेसम्म अप्रत्यासित रूपमा बाढीको प्रकोप देखिएको थियो । सोसम्बन्धी रोगबाट चारजनाको मात्रै मृत्यु भए पनि करिब ८०० जनामा सो रोग फैलिएको आशंकामा अनुसन्धान भइरहेको जनाइएको छ । बाढीका क्रममा त्यहाँ १६५ मानिसको मृत्यु भएको थियो भने अझै थुप्रै हराइरहेको जनाइएको छ । 

रियो ग्रान्डे डु सुलका करिब ४६९ नगरपालिकाका दुई दशमलव तीन मिलियन मानिस यस पटक ब्राजिल सरकारले भनेको ‘जलवायु प्रकोप’का कारण प्रभावित भएका थिए । त्यसक्रममा पाँच लाख ८१ हजार मानिस विस्थापित भएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार