बालुवा निकाल्दा बनेको खाडलको पानीमा डुबेर १७ वर्षीय किशोरको मृत्यु

रुपन्देहीमा बालुवा निकाल्दा बनेको खाडलको दहमा डुबेर १७ वर्षीय किशोरको मृत्यु भएको छ ।

तिलोत्तमा नगरपालिका—६ स्थित तिनाउ नदीबाट बालुवा निकाल्दा बनेको दहमा डुबेर शनिबार स्थानीय १७ वर्षीय किशोर दिब्याम्स भुषालको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

साथीहरुसँगै फुटबल खेल्न गएका किशोर नजिकैको दहमा पौडी खेल्ने क्रममा पानीमा डुबेको उनीसँगै गएका थिए ।

किशोरको शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार