सुनचाँदीको मूल्य स्थिर

नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य स्थिर भएर कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन र चाँदी शुक्रबारकै मूल्यमा कारोबार भएको छ । आज छापावाल सुन प्रतितोला एक लाख ३६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

गत शुक्रबार पनि छापावाल सुन सोही मूल्यमा कारोबार भएको थियो । यस दिन तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार २५० रुपैयाँमा करोबार भइरहेको छ ।

चाँदी पनि आज शुक्रबारकै मूल्यमा कारोबार भइरहेको छ । गत शुक्रबार चाँदी प्रतितोला एक हजार ८५५ रुपैयाँमा कारोबार भएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार