नारायणगढ-मुग्लिन सडकखण्डमा नाला खन्ने क्रममा खसेको ढुंगाले लागेर एक जनाको मृत्यु

मुग्लिङ–नारायणगढ सडकखण्डमा नाला खन्ने क्रममा खसेको ढुंगाले लागेर एक जनाको मृत्यु भएको छ ।

आइतबार बिहान इच्छाकामना गाउँपालिका–५, स्थित तीन नम्बर पुलनजिक नाला खन्ने क्रममा माथिबाट झरेको ढुंगाले लाग्दा एक जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

मृत्यु हुनेमा बर्दियाको गेडुवा गाउँपालिका-४ का अन्दाजी ३८ वर्षीय मंगल चौधरी रहेको चितवनका प्रहरी नायव उपरीक्षक भेषराज रिजालले जानकारी दिए ।

ढुंगाले निर्माण कम्पनीको मेसिनमा क्षति पुगेको सडक डिभिजन भरतपुरका सूचना अधिकारी चण्डेश्वर साहले जानकारी दिए । हाल उक्त सडकखण्डमा एकतर्फी सवारी सञ्चालनमा रहेको उनले जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार