४२ अंकले घट्यो नेप्से

साता कारोबारको पहिलो दिन आईतबार नेप्से परिसूचक ४२.१४ अंकले घटेर १९६४ को विन्दुमा कायम भएको छ ।

आज ५६ लाख ५९ हजार कित्ता शेयर किनबेच हुँदा २ अर्ब २ करोड ८४ लाख ६५ हजारको कारोबार भएको छ । ११ कम्पनीको शेयरमूल्य बढ्दा २१३ कम्पनीको शेयरमूल्य घटेको छ भने ३ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्से घटेसँगै १३ वटै उपसूचकमा रातो पोतिएको छ । आज ट्रेडिङ उपसूचक सर्वाधिक ३.३३, फाइनान्स उपसूचक ३.३० र होटल तथा पर्यटन उपसूचक ३.२९ प्रतिशतले घटेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार