एनआरएनएको उपमहासचिवमा सोम सापकोटाको उम्मेदवारी

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को उपमहासचिव पदमा सोम सापकोटाले उम्मेदवारी घोषणा गरेका छन् । आगामी अक्टोबरमा हुने निर्वाचनका लागि अहिलेका प्रवक्ता समेत रहेका सापकोटाले उम्मेदवारी दिने भएका हुन् । काठमाडौंमा हुने एघारौँ विश्व सम्मेलन तथा निर्वाचनमा उपमहासचिव पदमा उम्मेदवारी दिन लागेको सापकोटाले टिभी अन्नपूर्णसँग बताएका छन् । स्थापनाकालदेखिनै सक्रिय सापकोटा सङ्घको विभिन्न पदीय जिम्मेवारी रही नेपाल र नेपालीहरूको हक हितमा क्रियाशील छन् ।
संस्थाको सुदृढ़ीकरण र विश्वभरिका नेपालीको साझा संस्थाको रुपमा विकास गर्न आफूले उपमहासचिवमा उम्मेदवारी दिन लागेको सापकोटाको भनाई छ ।

सन् २००६ मा गैर आवासीय नेपाली सङ्घ पोर्चुगलको राष्ट्रिय समन्वय परिषदको निर्वाचित सदस्य हुँदै संघमा जोडिएका सापकोटाले सन् २००८ मा डेनमार्कको संस्थापक अध्यक्ष जिम्मेवारी निवार्ह गरिसकेका छन् । उनी सन् २०११–२०१३ सम्म गैरआबासीय नेपाली सङ्घको केन्द्रीय सदस्य सन् २०१५–२०१७ यूरोपको उपसंयोजक र सन् २०१७–२०१९ मा गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्य परिषदको सहकोषाध्यक्षमा निर्वाचित भएका थिए । यसैगरी सन् २०१९–२०२१ मा केन्द्रीय सल्लाहकार भएका सापकोटा हाल सङ्घको प्रवक्ताको जिम्मेवारीमा रहेका छन् ।

नेपालमा गैरआवासीय नेपाली सङ्घ मध्यमबाट ईलाइबेरी स्थापना, पर्यटन प्रवर्द्धन, लगानीमार्फत रोजगारी लगायतमा सापकोटाले भूमिका खेलेका छन् ।

गैरआवासीय नेपाली सङ्घको एघारौँ विश्व सम्मेलन तथा निर्वाचन असोज ३० गतदेखि कार्तिक ३ गतेसम्म काठमाडौँमा हुँदैछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार