रामेछाप उडेको जहाज काठमाडौं फर्काएर आकस्मिक अवतरण

काठमाडौंबाट रामेछाप उडेको सिता एयरको जहाज पुनः काठमाडौं फर्काएर आकस्मिक अवतरण गर्नु परेको छ । सोमबार बिहान जहाजमा हाइड्रोलिक समस्या आएपछि आकस्मिक अवतरण गरिएको हो ।

हाइड्रोलिकमा समस्या आएपछि जहाजको अवतरणमा समस्या हुन्छ । सीताको ९०६ उडान नम्बरको जहाज काठमाडौं विमानस्थलमा सुरक्षित अवतरण गरेको छ ।

अवतरणपछि धावनमार्गमा रोकिएको जहाजलाई तानेर पार्किङसम्म पुर्‍याइएको थियो । यो जहाज रामेछाप हुँदै लुक्ला जाने तयारीमा थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार