इलाम-२ अपडेट : २५ हजार मत गन्दा एमालेका सुहाङ ३३ सय मतले अगाडि

प्रतिनिधि सभा सदस्य चयनका लागि इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनको मत गणना जारी छ ।

कूल खसेको ६९ हजार २ सय ८७ मतमध्ये यो खबर तयार पार्दासम्म २५ हजार ४५१ सदर मत गनिसकिएको छ । अहिलेसम्म २ सय ६१ बदर भएका छन् ।

यहाँसम्म आइपुग्दा सबैभन्दा अगाडि एमाले उम्मेदवार सुहाङ नेम्बाङ छन् । उनले अहिलेसम्म १० हजार ४१९ मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बर खड्काले ७ हजार ६२ मत प्राप्त गरेका छन् ।

यस्तै तेस्रो स्थानमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार रहेका मुढा चुनाव चिह्न भएका डकेन्द्रसिंह थेगिमले ५ हजार ७५३ मत ल्याएका छन् ।

यसपछि रास्वपा उम्मेदवार मिलन लिम्बुले चौथोमा रहेका छन् । उनले अहिलेसम्म १ हजार ४५१ मत ल्याएका छन् भने एकीकृत समाजवादीका उम्मेदवार जीतबहादुर राईले २५८ मत ल्याएका छन् ।

उनीहरूसहित इलाम २ मा जम्मा १९ उम्मेदवार छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार