बझाङमा रोचक प्रतिस्पर्धा: कांग्रेसलाई उछिन्दै फेरि एमालेको अग्रता

बझाङमा उपनिर्वाचनको मतगणना जारी रहँदा नेपाली कांग्रेस र नेकपा एमालेबीच रोचक प्रतिस्पर्धा देखिएको छ ।

सार्वजनिक भएको पछिल्लो मतपरिणाम अनुसार कांग्रेसलाई ९ मतले उछिन्दै एमाले अघि बढेको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेकपा एमालेका दमनबहादुर भण्डारीले ९ हजार ८८९ मत सहित अग्रता बनाएका छन् । नेपाली कांग्रेसका अभिषेक बहादुर सिंहले ९८८० मत सहित पछ्याइरहेका छन् ।

माओवादी केन्द्रका जनकबहादुर बुढाले ३ हजार ६६३ र नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ४०५ मत ल्याएका छन् ।

बझाङ प्रतिनिधि सभा १ को प्रदेश सभा (१) तर्फ शनिबार सम्पन्न मतदानको मतगणना जारी छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार