राष्ट्रसंघीय महासभामा भाग लिन प्रधानमन्त्री न्यूयोर्क जाँदै

मन्त्रिपरिषद बैठकले ग-यो स्वीकृत

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क जाने भएका छन् ।

आज बिहान बसेको मन्त्रिपरिषद बैठकले परराष्ट्र मन्त्रालयको प्रस्तावमा प्रचण्ड नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गरेको हो ।

राष्ट्रसंघको ७९ औँ महासभामा भाग लिन यही भदौ अन्तिम साता उनी अमेरिका जान लागेका हुन् । केही दिनअघि सम्पादकहरूसँगको अन्तरक्रियामा प्रधानमन्त्रीले आफ्नो अमेरिका र चीन भ्रमणको योजना सुनाएका थिए ।

महासभा सेप्टेम्बर १० देखि अमेरिकाको न्यूयोर्कमा हुँदैछ । ५ दिनसम्म अमेरिकामा रहेर उनी त्यतैबाट उत्तरी छिमेकी चीनको भ्रमणमा लाग्ने तयारीमा छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार