आफ्नो लिङ्ग आफै काटेर अस्पताल पुगे मकवानपुरका एक युवक

हेटौँडामा एक युवक आफ्नै गोप्य अंग (लिङ्ग) काटेर घाइते भएका छन् ।

मकवानपुरगढी गाउँपालिका–७, नयाँ गाउँ घर भई गएराति हेटौँडा उपमहानगरपालिका–१०, बसपार्कको एक होटलमा बसेका २२ नवीन हुमागाईँले आफ्नै लिङ्ग काटेर घाइते भएका हुन् ।

उनी रातिको करिब १२ बजेतिर घाइते अवस्थामा आफै हेटौँडा अस्पताल पुगेको चिकित्सकहरुले बताएका छन् ।

उनलाई राति नै चितवन रेफर गरिएको बताइएको छ । उनले प्रहरीसमक्ष आफ्नो लिङ्ग आफै काटेको बयान दिएको बताइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार

You cannot copy content of this page