सेफ्टी ट्यांकीमा परेर जंगली हात्तीको मृत्यु

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा गए राति जंगली हात्तीको मृत्यु भएको छ ।

शुक्लाफाँटा नगरपालिका–७ स्थित वातावरण मध्यवर्ती सामुदायिक वन कार्यालय परिसरमा रहेको शौचालयको सेफ्टीट्यांकीमा परेर जंगली हात्तीको मृत्यु भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहताले जानकारी दिए ।

‘राति १२ बजेपछि जंगली हात्ती आएर सेफ्टीट्यांकीमा पछाडिको खुट्टा परेर मृत्यु भएको देखिएको छ,’ प्रमुख संरक्षण अधिकृत मेहताले भने, ‘अहिले प्राविधिकसहितको टोली गएर घटनास्थल मुचुल्का संकलनको काम भइरहेको छ ।’

उनले  जंगली हात्ती बथानमा आएको र मृत्यु भएको हात्ती एक्लै छुटेर त्यहाँ आएको हुनसक्ने बताए । ‘सो सम्बन्धमा थप अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘विधि प्रक्रिया पुर्‍याएर हात्तीको दाहसंस्कार गरिनेछ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार