सल्यानमा अटो दुर्घटना हुँदा एकजनाको मृत्यु, दुई घाइते

सल्यान जिल्लाको त्रिवेणी गाउँपालिकामा अटो दुर्घटना हुँदा बुधबार एकजनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

छत्रेश्वरी गाउँपालिका ४ अकाशेका अन्दाजी ५१ वर्षीय ठगी कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिए ।

गाउँपालिका–६ लुहाम बजारबाट वडा न ५ ढोरचौर गाउँतर्फ जाँदै गरेको रा १ ह ३९३० नम्बरको अटो वडा नं। ५ लाम्रीखोला स्थित भित्री कच्ची सडकमा दुर्घटना हो ।

अन्य दुई जना भने सामान्य घाइते भएको र उपचारका लागि लुहाम पठाइएको उनले बताए । उकालोमा चढ्न नसक्दा अटो सडकबाट करिब १५० मिटर तल खसेको थियो । अटो चालकलाई नियन्त्रणममा लिएर आवश्यक अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार

You cannot copy content of this page