आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

आज कोशी र बाग्मती प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर अर्थात् नेपाल नजिकै रहेपनि जलवाष्पयुक्त वायु कमजोर बनेको कारण न्यूनचापीय रेखाको प्रभाव कम देखिएको हो ।

त्यसले दिउँसो र राति ती दुई प्रदेशका एक/दुई स्थानमा मात्रै भारी वर्षा हुनसक्ने महाशाखाको पूर्वानुमान छ । अन्य प्रदेशका हकमा हल्कादेखि मध्यम वर्षाको सम्भावना भने कायमै छ ।

अहिले पनि गण्डकी प्रदेशका धेरै स्थानहरू, कोशी, बागमती र कर्णाली प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्सहित हल्का देखि मध्यम वर्षा भइरहेको महाशाखाले जानकारी दिएको छ ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू-भागका केही स्थान र बाँकी भू-भागका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

रातिपनि कोशी, मधेश र गण्डकी प्रदेशको केहि स्थानहरुमा तथा बाँकी थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार