जापानमा पौडी खेल्ने क्रममा डुबेर बागलुङका कंडेल र गुल्मीका खरेलको मृत्यु

जापानको इमाजु नदीमा पौडी खेल्ने क्रममा दुईजना नेपाली युवाको मृत्यु भएको छ । यामागुची प्रिफेक्चरको इवाकुनी इमाजु नदीमा पौडी खेल्ने क्रममा बागलुङको काठेखोला वडा नम्बर ५ सिरपालिका २६ वर्षीय कृष्ण कंडेल र गुल्मीको ददल्का घर भै हाल चितवनको यज्ञपुरीका २२ वर्षीय प्रितम खरेल रहेको मृत्यु भएको हो ।

कंडेल ८ वर्ष अघि दक्ष कामदार (कुक) भिषामा जापान पुगेका थिए । त्यस्तै खरेल डिपेन्डेण्ट भिषामा जापान गएका थिए । कंडेलको श्रीमति हाल जापानमा नै रहेकी छन । नेपालमा बुवाआमा र २ दाजुभाइ रहेको बताइएको छ ।

मृतक खरेललाई २ वटा रेष्टुरेण्टको ज़िम्मेवारी दिएर केहि समयको लागि बाबुआमा नै केहि दिन अघिमात्र नेपालमा गएको बताइएको छ ।  अन्य दुईजना साथीहरूसहित खोलामा पौड़ी खेल्न गएका उनीहरू पौड़ी खेल्ने क्रममा खोलाले बगाएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार