अमेरिकामा सवारी दुर्घटना हुँदा दुई नेपालीको मृत्यु

अमेरिकाको शनिबार भएको दुर्घटनामा दुईजना नेपालीको मृत्यु भएको छ । यस्तै अन्य ४ जना घाइते भएका छन् । टेक्सासस्थित टाइलरमा शनिबार बेलुका भएको दुर्घटनामा परि ३४ बर्षिय श्रृजन ज्ञवाली र ११ वर्षिय इमेज कार्कीको मृत्यु भएको हो । छ जना नेपाली चढेको कारलाई ट्रकले ठक्कर दिएको बताइएको छ । यस्तै दुर्घटनामा दिनेश कार्की, गंगा कार्की, इभान कार्की र श्रृजन प्याकुरेल घाइते भएका छन् ।

घाइते दिनेश कार्की र गंगा कार्की घटनामा ज्यान गुमाउने ११ बर्षका बालक इमेज कार्कीका बुबाआमा हुन् । घाइते अर्का बालक ६ बर्षका इभान कार्की पनि दिनेश कार्की र गंगा कार्कीका छोरा हुन् । मृतक श्रृजन ज्ञवालीले पनि कार्की परिवारको स्टोरमा काम गर्दै आएका थिए ।

खराब मौषमपछि घरमा विद्युत आपूर्तिमा अवरोध भएपछि ६ जना नै एउटै गाडीमा चढेर साथीको घर जाँदै गर्दा दुर्घटना भएको जनाइएको छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार