नयाँ सरकार गठनबारे छलफल गर्न देउवा निवासमा बैठक बस्दै

नयाँ सरकार गठनबारे छलफल गर्न नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बैठक बोलाएका छन् । देउवा निवास बुढानिलकण्ठमा आज दिउँसो २ बजे बैठक बस्न लागेको काँग्रेस नेता रमेश लेखकले जानकारी दिए ।

नयाँ सरकार गठनका सन्दर्भका काँग्रेस, माओवादी केन्द्र, जसपा लगायतका शीर्ष नेतालाई छलफलका लागि बोलाइएको उनले बताए । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार वैशाख ३० गते साँझ ९ बजेसम्म सरकार गठनका लागि दलहरूलाई दाबी पेश गर्न आह्वान गरेकी छन् ।

राष्ट्रपतिले दिएको समयसीमाभित्र बहुमत दाबी गर्ने तयारी देउवा र माओवादी अध्यक्ष प्रचण्डको छ । जसपाको महन्थ ठाकुर पक्षले वैकल्पिक सरकारको दिशामा नजाने बताइसकेको छ ।

माधव नेपाल पक्षले राजीनामा नदिएको अवस्थामा संसदको विद्यमान गणितभित्रबाट ओली विरोधी गठबन्धनले बहुमत जुटाउन गाह्रो देखिन्छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार