नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेर एक लाख २ सय रुपैयाँ कायम भएको छ । यस्तै तेजावी सुनको मूल्य तोलाको ९९ हजार ७ सय रुपैयाँ निर्धारण भएको छ ।
त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा १ हजार ३६० रुपैयाँमा किनबेच भएको चाँदी सोमबार १० रुपैयाँले घटेर १ हजार ३५० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।