कोभिड आईसीयू खाली भएकै दिन सरकारको चेतावनी

बिहीवार दिउँसो स्वास्थ्य मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै देशमा कोरोनाभाइरस सङ्क्रमण केही कम भएको जस्तो देखिए पनि जोखिम कायम नै रहेको बतायो।सोही दिन नियमित जारी हुने उसको दैनिक आँकडामा भने महिनौँयता पहिलोपटक कोभिड बिरामीका सघन उपचार कक्ष आईसीयू खाली भएको तथ्याङ्क थियो।

बिहीवारको आँकडाअनुसार थप १५ जना सङ्क्रमित फेला परेको अनि आईसीयू र भेन्टिलेटरमा एकजना पनि कोभिड बिरामी नरहेको उल्लेख छ।अझ देशभरिमा जम्मा २९८ जना मात्रै सक्रिय सङ्क्रमित रहेको अनि त्यसमध्ये तीन जना मात्रै स्वास्थ्य संस्थामा रहेको देखिन्छ।

माघको पहिलो सातातिर दैनिक १०,००० भन्दा धेरै सङ्क्रमित भेटिने गरेको अवस्थाको तुलनामा पछिल्लो अवस्था यस्तो हुँदा पनि किन स्वास्थ्य मन्त्रालयले चिन्ताजनक अपील जारी गर्‍यो त ?

स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङ् भन्छन्, ‘हामीकहाँ अहिले तेस्रो लहर मत्थर भएको छ। तर भारतमा विगत पाँचसात दिनदेखि सङ्क्रमण बढिरहेको हुँदा अनि विश्व स्वास्थ्य सङ्गठनले समेत न्यूनदर भए तापनि ढुक्क हुन नहुने भनेको सन्दर्भमा मन्त्रालयले जनमानसलाई सचेत गराउन खोजेको छ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार