सरकारले किन गर्‍यो राष्ट्र बैङ्कका गभर्नर अधिकारीलाई निलम्बन ?

सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बित गरेको छ । गभर्नर अधिकारीलाई निलम्बन गरिएको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस प्रमुख गोबिन्द परियारले जानकारी दिएका हुन् ।

गर्भनरले विलासी वस्तु आयात रोक्न अर्थ मन्त्रालयले दिएको निर्देशनसम्बन्धी सूचना चुहाएको लगायतका गम्भीर आरोप लगाउँदै मन्त्रिपरिषद् बैठकले उनीविरुद्ध छानबिन गर्नका लागि न्यायिक समिति गठन गर्दै निलम्बन गर्ने निर्णय गरेको हो।

पूर्व न्यायाधिश पुरुषोत्तम भण्डारीको नेतृत्वमा तीन सदस्यीय समिति बनाएको छ। समितिमा डा। सूर्य थापा र चन्द्रकान्त पौडेल छन्। समितिले महिनादिन भित्र प्रतिवेदन बुझाउनेछ ।

मुलुकमा आर्थिक संकटको अवस्था सिर्जना भएको र यस्तो अवस्थामा सूचना चुहाउने गरेको आरोप उनीमाथि लागेको छ ।सरकारले अधिकारीलाई निलम्बित गर्दै डेपुटी गभर्नर निलम ढुंगानालाई कार्यबाहक गभर्नरको जिम्मेवारी दिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार