खोप लगाएका बागलुङका दुई स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण

कोरोनाविरुद्ध खोप लगाएका बागलुङका दुई स्वास्थ्यकर्मीलाई नै कोरोना सङ्क्रमण पुष्टि भएको छ । मङ्गलबार बागलुङका १५ जनामा कोरोना पोजेटिभ देखिएकामा दुई स्वास्थ्यकर्मी रहेको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोराना फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिए । दुई महिला स्वास्थ्यकर्मीले दुई डोज कोरोना खोप लगाए पनि कोरोना सङ्क्रमण देखिएकाले थप सतर्कता रहन स्वास्थ्यकर्मीले आग्रह गरेका छन् ।

“खोप लगाएको भनेर ढुक्क हुने अवस्था छैन”, घिमिरेले भने, “जिल्लामा थप सचेतता अपनाउन जरुरी हुन्छ नत्र अवस्था चिन्ताजनक हुनेछ ।” १४ जना पिसिआर र एक जना एन्टिजेन परीक्षणमा गर्दा १५ जनामा कोरोना पुष्टि भएको छ । यससँगै जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ८४ पुगेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार