अर्जुनराज खनिया एनआईसी एसिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा 

एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत अर्जुन राज खनियालाई सहायक प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गरेको छ ।

सन् २००४ देखि बैंकिङ् क्षेत्रमा प्रवेश गरेका खनियाले बैंकका विभिन्न शाखाहरु, विभागहरु एवम् इकोसिस्टमहरुमा काम गरी २० वर्ष भन्दा लामो अनुभव संगालेका छन् ।

नेपाल बैंक लिमिटेडमा आन्तरीक लेखापरीक्षकको रुपमा नायब प्रबन्धकमा नियुक्त भएर वाणिज्य बैंकको यात्रा सुरु गरेका खनियाले सन् २०१० मा तत्कालिन बैंक अफ एशिया नेपाल लिमिटेडमा शाखा प्रमुखको रुपमा नियुक्त भएका थिए ।

तत्पश्चात यस बैंकका विभिन्न विभाग तथा इकोसिस्टमहरुमा प्रमुखको रुपमा नेत्तृत्वदायी भुमिकामा रही बैंकको व्यवसायिक रणनीति निर्माण एवम् कार्यान्वयनमा अतुलनीय योगदान दिएका खनिया हाल बैंकको स्ट्राटेजिक पफर्मेन्स म्यानेजमेन्ट इकोसिष्टम प्रमुख, प्रमुख सूचना अधिकारी, प्रमुख गुनासो सुन्ने अधिकारीको जिम्मेवारी सम्हाल्दै आएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार