सभामुख सापकोटा विरुद्धको मुद्दाको संवैधानिक इजलासमा सुनुवाइ हुँदै

सभामुख अग्नि प्रसाद सापकोटाविरुद्ध परेको मुद्दाको संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा नेतृत्वको संवैधानिक इजलासमा दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा न्यायाधीश छन् ।

सशस्त्र द्वन्दका समय काभ्रेमा मारिएका अर्जुन लामाको हत्यामा सभामुख सापकोटाको समेत संलग्नता रहेको दाबी गर्दै सो घटनाको अनुसन्धान अगाडि बढाइ पाउँ भनि पूर्णीमा लामाले दिएको निवेदन उपर सुनुवाइ हुन लागेको हो । नियमित पेसीमा चढे पनि धेरै मुद्दाहरु त्यसभन्दा माथि रहेकाले आज सुनुवाइ हुने वा नहुने निश्चित छैन ।

यसअघि पटक-पटक सुनुवाइको पेसी तोकिएको यो मुद्दा आज सर्वोच्च अदालतको नियमित पेसीमा राखिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार