क्याटलान क्लब बार्सिलोनालाई पराजित गर्दै रियल म्याड्रिड स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा रियलले बार्सिलोनालाई अतिरिक्त समयमा ३–२ ले पराजित गर्दै उपाधि होडलाई कायमै राखेको हो ।
रियलको जितमा भिनिसियस जुनियर, कप्तान करिम बेन्जेमा र फेडे भाल्भेर्डेले गोल गरे । बार्सिलोनाका लुक डि जोङ र अन्सु फातीले गोल फर्काए ।
अब उपाधिका लागि रियलले १७ जनवरीमा एट्लेटिको म्याड्रिड र एथलेटिको बिल्वाओबीचको विजेतासँग खेल्दैछ ।