नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलामा तीन सय रुपैयाँले बढेको हो । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कायम भएको छ । त्यसैगरी, तेजावी सुन प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी प्रतितोलामा ५ रुपैयाँले बढेर एक हजार १९० रुपैयाँ कायम भएको छ ।