म्याग्दीका रेशम बानियाँको कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

नेपाली कांग्रेस म्याग्दीका पूर्वसभापति तथा संविधानसभा सदस्य रेशमबहादुर बानियाँले कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

केन्द्रीय सदस्य पदमा आफ्नो उम्मेदवारीका लागि जिल्ला र प्रदेशका नेता तथा कार्यकर्ता र केन्द्रिय नेतासँग छलफल गरेर बानियाँ चुनावी मैदानमा उत्रेका हुन् । उम्मेदवारी घोषणा गरेसँगै उनले भेटघाट र छलफललाई तीव्र पारेका छन् ।

उनी कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निकट मानिएपनि जिल्ला र प्रदेशका सबै समूहका नेता र कार्यकतामाझ राम्रो राजनीतिक छवी भएका व्यक्ति मानिन्छन् ।

पार्टीमा दुई कार्यकाल सचिव, दुई कार्यकाल उपसभापति हुँदै एक कार्यकाल पार्टीको जिल्ला सभापतिको नेतृत्व समेत गरेका बाँनिया म्याग्दीमा हालै सम्पन्न जिल्ला अधिवेशनबाट संस्थापन र इतर समुहको साझा उम्मेदवारको रुपमा महाधिवेशन प्रतिनिधिमा विजयी भएका हुन् ।

उनले पार्टीको केन्द्रीय सदस्यमा विजयी भएर सबल र सुदृढ कांग्रेस बनाउने अभियानलाई शसक्त ढंगले अघि बढाउने प्रतिवद्धता जनाएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार