माेरङ कारागारमा कैदीकाे मृत्यु

जिल्ला कारागार मोरङका एक कैदीबन्दीको मृत्यु भएको छ । जबरजस्ती करणीमा सात वर्षदेखि कारागारमा कैद भुक्तान गरिरहेका मोरङको विराटनगर–१० का ६३ वर्षीय गोपाल शर्माको मृत्यु भएको हो ।

‘प्रेसर लो’ भएपछि उनलाई कोसी अस्पताल लगिएकाे थियाे । तर, उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको कारागार निमित्त जेलर रामप्रसाद पोख्रेलले जानकारी दिए ।

शर्मा २०७१ यता जबरजस्ती करणीको मुद्दाको कैद भुक्तान गरिरहेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार