विद्यालयलगायत भीडभाड हुने क्षेत्र बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस (भिडियो)

कोरोनाभाइरस संक्रमण थप बढ्न सक्ने देखिएकाले विद्यालयलगायत भीडभाड हुने क्षेत्र बन्द गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिफारिस गरेको छ ।

दोस्रो लहरको कोरोनाभाइरस महामारी आएको र यो थप फैलन सक्ने भएकोले विद्यालयलगायत भीडभाड हुने क्षेत्र बन्द गर्न मन्त्रालयले सिफारिस गरेको हो ।

नयाँ प्रजातिको भाइरस तीव्र गतिमा फैलिन थालेको भन्दै कोभिड– १९ क्राइसिस म्यानेजमेन्ट कमिटी (सिसिएमसी) लाई सिफारिस गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकरी दिए ।

प्रवक्ता डा।जागेश्वर गौतमका अनुसार विद्यालयलगायत भीडभाड हुने अन्य क्षेत्र सिनेमा हल, रेष्टुरेन्ट, पार्टी प्यालेस बन्द गर्न मन्त्रालयले सिफारिस गरेको छ ।केही महिनादेखि विद्यार्थी भौतिक रूपमा उपस्थित भएर विद्यालय र क्याम्पसमा पठनपाठन हुँदै आएको छ ।

पछिल्लो समय नेपालमा कोरोनाको दैनिक संक्रमण बढ्दै गएको छ । बिहीबार मात्रै नेपालमा ३ सय ३२ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो । यस्तै ८ चैत यता दुई सयभन्दा बढी बालबालिका संक्रमित भइसकेका छन्  ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार