शुक्रबार २ हजार ४ सय ७६ संक्रमित थपिए, ५ हजार ४५५ जना निको भए

नेपालमा शुक्रबार थप २ हजार ४ सय ७६ जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको ९ हजार ५८६ पिसिआर र ४ हजार ७६५ एन्टीजेन परिक्षणका क्रममा थप २ हजार ४७६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ५९ हजार ४२० पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप २७ जनाको मृत्यु भएको छ भने हालसम्म ८ हजार ९४५ जनाको कोरोनाका कारण मृत्यु भएको छ । यस्तै थप ५ हजार ४५५ संक्रमित निको भएका छन् भने हालसम्म नेपालमा ५ लाख ७६ हजार ४१३ जना कोरोना मुक्त भएका छन् । नेपालमा हालसम्म ३३ लाख १२ हजार ३३५ वटा नमुनाको पीसीआर र १ लाख ६६ हजार ३०७ वटा नमुनाको एन्टिजेन परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार