पहिलो कारोबारमै घट्यो कालिन्चोक दर्शनको मूल्य

काठमाडौं । बिहीबार नेप्से परिसूचक १८.१५ अंकले घटेर १९१५.१४ बिन्दुमा आएर रोकिएको छ । बिहीबार नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०मा कूल २५९ कम्पनीको ४३ लाख ४० हजार २७० कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ४१ करोड रुपैयाँ भन्दाबढीको कारोबार भएको छ।

कालिन्चोक दर्शन लिमिटेडको सेयर कारोबार बिहीबारदेखि नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सुरु भएको छ । ‘केडीएल’ संकेतमा सेयर कारोबार सुरु भएको हो। कारोबारको आधारमा पहिलो दिनमै कालिन्चोकको मूल्य घटेको छ । उक्त कम्पनीको छैटौँ स्थानमा आएको र जम्मा ३.९४ प्रतिशतले यसको मूल्य बढेको हो ।

कालिन्चोक दर्शनको पहिलो कारोबार प्रतिकित्ता १३४।४० रुपैयाँमा नेप्सेले तोकेको हो । सेयर बजार बन्द भए लगतै ५.३० अंकले बढेर १३९.७० विन्दुमा अडिएको छ ।

नेप्सेले कालिन्चोकको पहिलो कारोबारका लागि प्रतिकित्ता ७८.१५ रुपैयाँदेखि २३४.४५ रुपैयाँसम्म रेन्ज तोकेको थियो । नेप्सेमा यस कम्पनीको सेयर बुधबार सूचीकृत भएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार