भारतले घटायो नेपाललाई दिने अनुदान, सबैभन्दा बढी भुटानले पाउने

भारतले प्रत्येक आर्थिक वर्षको बजेटमा नेपालका लागि विनियोजन गर्दै आएको अनुदान यसपालि कटौती गरेको छ। भारतीय वित्तमन्त्री निर्मला सीतारमणले बुधबार संसदमा आर्थिक वर्ष सन् २०२३/२४ को बजेट प्रस्तुत गर्दै नेपाललाई ५ अर्ब ५० करोड भारु (८ अर्ब ८० करोड रुपैयाँ) विनियोजन गरिएको बताइन् ।

भारतले गत वर्ष नेपाललाई ७ अर्ब ५० करोड भारु (१२ अर्ब रुपैयाँ) सहयोग गर्ने घोषणा गरेको थियो । तर, बजेटमा घोषणा भएअनुसार सहयोग नभएको देखिएको छ ।

गत वर्ष ४ अर्ब २५ करोड भारु (६ अर्ब ८० करोड रुपैयाँ) मात्र नेपाललाई सहयोग गरिएको भारतीय बजेटमा उल्लेख छ । भारतले दक्षिण एसियामा नेपालसहित भुटान, बंगलादेश, श्रीलंका, अफगानिस्तान र माल्दिभ्सका लागि नियमित बजेट विनियोजन गर्दै आएको छ ।

यसपालि भारतले सबैभन्दा धेरै अनुदान भुटानलाई दिने भएको छ । भुटानले १ हजार ६३२ करोड अनुदान पाउने भएको छ भने ७८८ करोड ऋण पाउने छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार

You cannot copy content of this page