सहकारी सञ्चालकले गरे आत्महत्या

पोखरामा एक सहकारी सञ्चालकले आत्महत्या गरेका छन् । डल्फिन बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक ३८ वर्षीय लेखुराम खातीले आइतबार साँझ ७ बजेतिर घरमै झुन्डिएर आत्महत्या गरेका हुन् । पोखरा महानगरपालिका ९ शिव टोलका खाती ह्याप्पी पानी उद्योग सञ्चालकसमेत रहेका छन् ।

उनी व्यवस्थापक रहेको डल्फिन सहकारीको आर्थिक अवस्था निकै नाजुक बन्दै गएपछि सञ्चालक समिति र बचतकर्ताले रकम जुटाउन चर्को दवाव दिएपछि यस्तो घटना घट्न पुगेको श्रोत बताएको छ।

खातीमाथि बचतकर्ताको रकम फिर्ता गर्न नसकेको भन्दै सञ्चालक समिति र सेयर सदस्य दबाब दिएको र ऋणको बोझले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिरक अनुसन्धानमा खुलेको छ । उनी आबद्ध सहकारी सञ्चालक समितिको आजै बैठक बसेको थियो । बैठक सकिएपछि खातीले आत्महत्या गरेको जनाइएको छ ।

मृतक खातीको खल्तीमा तिर्नुपर्ने रकम विवरणसहितको चिट समेत भेटिएको प्रहरीले जनाएको छ । खातीले साउनमै सहकारीको म्यानेजरबाट राजीनामा दिएपनि सञ्चालक समितिले स्वीकृत गरेको थिएन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार