नेदरल्यान्ड्सलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा (फोटोफिचर)

एजेन्सी- अर्जेन्टिना कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।शुक्रबार राति भएको दोस्रो क्वाटरफाइनलमा नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा ४-३ गोल अन्तरले हराउँदै अर्जेन्टिना अन्तिम चारमा पुगेको हो ।निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा समेत २-२ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको हो ।

पेनाल्टीमा अर्जेन्टिनाले बाजी मार्यो ।अर्जेन्टिनाका लियोनल मेस्सी, लिन्ड्रो पारेडेस, गोन्जालो मोन्टिल र लाउटरो मार्टिनेजले पेनाल्टीमा गोल गरे ।अर्जेन्टिनाका एन्जो फर्नान्डेज पेनाल्टीमा चुके ।पेनाल्टीमा नेदरल्यान्ड्सका लुक डी योङ, वोउट वेघोर्स्ट र टुन कुपमाइनर्सले गोल गरे ।तर, भिर्गिल भान डाइक र स्टिभन बेर्घुइस पेनाल्टीमा गोल गर्न चुके ।

 

 

 

 

 

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार