आर्मीलाई पराजित गर्दै एपीएफको लगातार दोस्रो जित

विभागीय डर्वीमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै एपीएफ क्लब सातौँ राष्ट्रिय महिला भलिबल प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।

बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा भएको राउण्ड रोविनको दोस्रो खेलमा आर्मीलाई ३–२ को सेटमा पराजित गर्दै फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ ।

पहिलो र दोस्रो सेट समान २५–२३ ले आफ्नो पक्षमा पारेको एपीएफले त्यसपछिका दुई सेट लगातार गुमायो ।

तेस्रो सेट १३–२५ ले गुमाएको एपीएफले चौथो सेट १४–२५ ले गुमाउन पुग्यो। पाचौँ तथा अन्तिम सेट भने एपीएफले एपीएफले १५–९ ले जित्दै फाइनलमा पुगेको हो ।

२ खेलमा जित निकालेको एपीएफले ५ अंक जोडेको छ। पराजित भएको आर्मीले भने अंक तालिकामा १ अंक जोडेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार