धर्नामा बसेका वकिलहरुमाथि जुत्ता प्रहार

काठमाडौँ – सर्वोच्च अदालत परिसरमा अधिवक्तामाथि जुत्ता प्रहार भएको छ। सर्वोच्च फर्कन लागेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई रोक्न धर्ना बसेका अधिवक्ताहरूमाथि एक महिलाले जुत्ता प्रहार गरेकी हुन्।

जुत्ता प्रहार गर्ने तारा बराललाई प्रहरीले नियन्त्रणमा लिएको छ। जबराको पक्षमा नारा लगाउँदै उनले अधिवक्ताहरूमाथि जुत्ता प्रहार गरेकी हुन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार