बीमा प्राधिकरणद्धारा लाइसेन्स पाउने ७ वटा लघुबीमा कम्पनीको नाम सार्वजनिक

नेपाल बीमा प्राधिकरणले लाइसेन्स पाउने सातवटा लघुबीमा कम्पनीको नाम सार्वजनिक गरेको छ । लाइसेन्स पाउनेमा लघु जीवन बीमातर्फ गार्डियन लघु जीवन बिमा (विरनगर -प्रदेश १), क्रेष्ट माइक्रोलाइफ इन्सुरेन्स (बिरेन्द्रनगर- कर्णाली प्रदेश), लिवर्टी माइक्रोलाइफ इन्सुरेन्स (गण्डकी प्रदेश) लाई लाइसेन्स दिने निर्णय प्राधिकरणले गरेको हो ।

यस्तै प्राधिकरणले  नीर्जीवन लघुबीमातर्फ भने ट्रष्ट माइक्रो इन्स्योरेन्स (लुम्बिनी प्रदेश), नेपाल माइक्रो इन्स्योरेन्स (वागमती प्रदेश), स्टार माइक्रो इन्सुरेन्स (मधेस प्रदेश) र प्रोटेक्टिभ माइक्रो इन्सुरेन्स (सुदुरपश्चिम प्रदेश) लाई लाइसेन्स दिने  निर्णय गरेको छ ।

प्राधिकरणले आवेदकको शेयरधनीहरुको विवरण, व्यवसायिक योजना र अध्ययनको अवलोकन गरि आवेदन दिएका ३१ आवेदन मध्येबाट तीन वटालाई लघु जीवन बीमा कम्पनी र चार वटालाई लघु निर्जीवन बीमा कम्पनीको लाइसेन्स दिएको हो ।

बीमा प्राधिकरणले लघु बीमा कम्पनीका लागि प्रस्ताव आह्वान गरेको थियो । तत्काल निर्वाचनको अवधिमा निर्वाचन आयोगले आचारसहिता विपरित भएको भन्दै लघुबीमाको लाईसेन्स वितरण गर्न निषेध गराएको थियो । आवेदन दिएको एक महिनापछि प्राधिकरणले सात कम्पनी मूल्यांकन गरि छनोट गरेको हो । प्राधिकरणले आह्वान गरेको प्रस्तावमा ३१ वटाले निवेदन दिएका थिए ।

नयाँ लाइसेन्स वितरण गर्ने कार्य विधि र प्रक्रिया नमिलेको भन्दै सर्वोच्च अदालतमा परेको रिटमाथि सुनुवाई हुुन बाँकी छ । सर्वोच्च अदालतमा आगामी पुस ३ गतेका लागि पेशी तोकिएको छ । उत्प्रेषणको आदेशद्धारा बदर गर्न मागसहित रिट परेकोले गैर कानुनी वा त्रुटीपूर्ण ठहरेमा स्थापना भएका नयाँ लघुबीमा कम्पनीको लाइसेन्स खारेज हुनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार