महिला हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु

काठमाडौं – महिला हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु भएको छ । महिला तथा बालबालिका मन्त्रालयको आयोजनामा काठमाण्डौ उपत्यकालगायत देशैभरका विभिन्न ठाउँमा र्यालीसहित कार्यक्रम गरी अभियानको सुरुवात गरिएको छ ।

यो अभियान नोभेम्बर २५ देखि डिसेम्बर १० तारिखसम्म मनाउने गरिन्छ। महिलामाथि हुने हिंसाको स्वरूप र प्रारूप, तौर र तरिकाका अनेक रूपहरू आइरहेका हुन्छन् । यसको अन्त्य आजको समाज र विश्वको आवश्यकता हो।

विश्वमा हरेक ११ मिनेटमा एक महिला वा युवतीको हत्या हुने गरेको संयुक्त राष्ट्र सङ्घले जनाएको छ । राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले हरेक ११ मिनेटमा कुनै न कुनै माध्यमबाट एक महिला वा युवतीको हत्या हुने गरेको बताएका हुन् । उनले महिलामाथि हुने हिंसा न्यूनीकरणका लागि राष्ट्रिय कार्य योजना बनाउन आह्वान समेत गरे ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार