विश्वकप फुटबल :स्विट्जरल्यान्डकाे विजयी सुरूवात

काठमाडौँ – स्विट्जरल्यान्डले कतारमा जारी फिफा विश्वकप फुटबलमा विजयी सुरुआत गरेको छ । अल जानुब स्टेडियममा बिहीबार क्यामरुनलाई १–० गोलले हराउँदै स्विट्जरल्यान्डले सुखद सुरुआत गरेको हो ।

स्विट्जरल्यान्डको जितमा ब्रिल एम्बोलोले निर्णायक गोल गरे ।क्यामरुनी मुलका एम्बोलोले खेलको ४८ औं मिनेटमा साकिरीको पासमा गोल गरेका थिए । उनले गोल गरेपछि सेलिब्रेसन समेत गरेनन् ।

यस जितसँगै स्विट्जरल्यान्डले पहिलो खेलमा ३ अंक जोडेको छ ।समूह जी मा रहेको स्विट्जरल्यान्ड शीर्ष स्थानमा रहेको छ ।क्यामरुनले हारबाट विश्वकपको सुरुआत गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार